Logo

गच्छदारको सांसद पद स्वतः निलम्बन



काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य विजयकुमार गच्छदारको सांसद पद स्वतः निलम्बन भएको छ । संघीय संसद सचिवालयले आज सूचना प्रकाशन गरेर यस्तो जानकारी गराएको हो ।

सचिवालयका निमित्त महासचिव गोपालनाथ योगीले सूचना जारी गर्दै अख्तियारको पत्र अनुसार सांसद गच्छदार निलम्बन भएको जानकारी गराएका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम माघ २२ गतेदेखि सांसद गच्छदार स्वतः निलम्बन भएका सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्