गोरखा, २४ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणको विषयललाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्नु गलत भएको बताएका छन् ।
शुक्रबार गोरखामा आयोजित कार्यक्रममा उनले चित्त नबुझेको कुरामा विरोध गर्नु प्रतिपक्षीको चरित्र भए पनि आफूलाई लोकतान्त्रिक पार्टी भन्ने कांग्रेसले संवैधानिक अंगको विरोधमा आवाज उठाउनु गलत भएको बताएका हुन् ।
उनले भने,‘अख्तियार छुट्टै संवैधानिक अंग हो । यसलाई अझै बढी प्रभावकारी बनाउनु पर्छ भन्ने हाम्रो पार्टी र सरकार दुवैको धारणा छ । तर अख्तियार सरकारद्वारा निर्दे्शित छ भन्ने प्रचारमा लागेर कांग्रेसले संसद अवरुद्ध गर्नु गलत हो ।’ file photo