काठमाडौं, माघ २५ । शनिबार बिहानै सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतले बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३।७ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्काको महसुस बैतडी,बझाङ, अछामलगायतका जिल्लामा गरिएको जनाइएको छ ।
केन्द्रका प्राविधिक सहायक टेक्निकल असिष्टेन्ट चन्दा शाहका अनुसार भूकम्पबाट कुनै पनि क्षति भएको छैन् ।