वीरगन्ज, माघ २५ । पर्साको जिराभवानी गाउँपालिकाको महादेवपट्टीकी एक महिलाले जेठाजुले करणीको प्रयास गरेको आरोप लगाउदै उजुरी दिएकी छन्।
३० वर्षीया महिलाले आफनै जेठाजुले बिहीबार साँझ घर बाहिरको धारामा पानी लिन गएका बेला करणीको प्रयास गरेको आरोप लगाएकी हुन्।
जेठाजुले करणीको प्रयास गरेको भन्दै बिहीबार नै इलाका प्रहरी कार्यालय सेढवामा लिखित उजुरीसमेत दिएको वडाअध्यक्ष सेख नुमान आजमले जानकारी दिए।
महिलाले आरोप लगाएका उनका जेठाजु भने बिहीबार बेलुकीदेखि नै घर फरार छन्।