Logo

महाभियोगमा साक्षी बसेका दुई अधिकारीलाई ट्रम्पले गरे ‘किकआउट’



एजेन्सी । आफूविरुद्धको महाभियोगमा साक्षी बसेका दुई अधिकारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्खास्त गरेका छन्। माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएको दुई दिनपछि ट्रम्पले आर्मीका लेफ्टिनेन्ट जर्नेल अलेक्जेन्डर भिडम्यान र युरोपियन युनियनका लागि अमेरिकी राजदूत गार्डन सोडल्यान्डलाई बर्खास्त गरेका हुन्।

ह्वाइटहाउसले सुरुमा भिडम्यानलाई बर्खास्त गरेको जनाएको थियो। तर, त्यसको केही समयपछि ट्रम्पले सोडल्यान्डलाई पनि फिर्ता बोलाएका छन्। लामो समयदेखिको महाभियोगको रस्साकस्सी समाप्त भएसँगै ट्रम्पले आफूविरुद्ध खडा भएका अधिकारीलाई बर्खास्त गरिदिएका हुन्।



प्रतिक्रिया दिनुहोस्