Logo

‘विष्णु हुन या गच्छदार, भ्रष्टाचारीलाई जेल हाल’ भन्दै विरोध गरेपछि विवेकशीलका नेता/कार्यकर्ता पक्राउ (फोटोफिचर)



काठमाडौं, २५ माघ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको विरोधमा जुलुश तथा विरोध प्रदर्शनमा उत्रिएका विवेकशील नेपाली दलका नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् । आज विहान बालुवाटारस्थित् ललितानिवास अगाडि प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । विभिन्न प्लेकार्डसहित विरोध प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले ‘सत्तापक्ष र प्रतिपक्ष, भ्रष्टाचारमा दुवै दक्ष’, ‘अपराधी उही, आफ्नालाई ग्रिन कार्ड अरुलाई रेड कार्ड’, ‘विष्णु हुन या गच्छदार, भ्रष्टचारीलाई जेल हाल’ जस्ता नारासहित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

विवेकशीलकी उपाध्यक्ष अजीता राईले जनाएअनुसार पक्राउ पर्नेहरुमा संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, रन्जु दर्शना न्यौपाने, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदिप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु रहेका छन् । तस्विर : मुकन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 

 



प्रतिक्रिया दिनुहोस्