Logo

कांग्रेसको आरोप : सरकारले चिनियाँ शैलीको कम्युनिस्ट शासन नेपालमा ल्याउन खोज्यो



काठमाडौं, २५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारले चिनियाँ शैलीको कम्युनिस्ट शासन नेपालमा भित्र्याउन खोजेको आरोप लगाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शनिबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन् ।

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व राजा ज्ञानेन्द्र शाहसँग तुलना गरे । उनले ओलीलाई ज्ञानेन्द्रजस्तै तानाशाही भएको टिप्पणी गरेका । वर्तमान सरकार निरंकुश ढंगले जनताका अधिकार वञ्चित गराउन उद्धत रहेको उनको गम्भिर आरोप छ । उनले भने,‘ जनताले निरंकुशता हटाउन र प्रजातन्त्र ल्याउन नखोजेको भए देशबाट राणाशासन र निर्दलीय पन्चायती व्यवस्था नै जाने थिएन ।’



प्रतिक्रिया दिनुहोस्