काठमाडौँ, २६ माघ । बढ्दो महँगीका कारण लेटाङ –९ का मोरङका पायल श्रेष्ठलाई राजधानीको बसाई कष्टकर बन्न थालेको छ । उनका पति किरण श्रेष्ठ त्रिपुरेश्वरस्थित चुन कारखानामा काम गर्छन ।
मासिक २५ हजार रुपैयाँले घरभाडा, दाना, छोराछोरीको पढाई खर्च र औषधीउपचार हम्मे परेका उनीहरुले बताउँछन् । श्रेष्ठको चारजनाको परिवार अनामनगरमा डेरा लिएर बसेको छ । परिवारको सामान्य गर्जो टार्न ३० हजार खर्च हुँदै आएको पाउल बताउछिन् । उनी भन्छिन मंहगीले गाउँ फर्कनुपर्ने अवस्था आयो । उनी मात्र होइन झापाकी निर्मला दाहालले पनि दैनिक उपभोग्य बस्तुको मुल्य प्रतिदिन बढिरहेको बताउँछिन । चामल, दाल , तरकारी र तेलको मुल्य तथा भरभाडा बढेको बढ्यै छ एक जनाको आम्दानीले राजधानीमा बाच्न असहज भयौ । (अन्नपुर्ण दैनिकबाट )