काठमाडौँ, २६ माघ । थाइल्यान्डको नाखोन रत्चासिमा सहरमा एक सैनिकले जथाभावी गोली चलाउँदा २० जनाको मृत्यु भएको जनाएको छ ।
थाइल्याण्डको स्थानीय सपिङ सेन्टर नजिक शनिबार गोलीकान्डमा उक्त घटना भएको थियो । गोली चलाउन पूर्व सैनिकले आफू कार्यरत ब्यारेकबाट हतियार र गोली नियन्त्रणमा लिएको साथै आफ्ना कमान्डिङ अफिसरलाई गोली हानेको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार लेखेका छन् ।
गोलीकान्डमा त्यहाँका २१ सपिङ सेन्टरमा सिलबन्दी गरिएको बताएको छ । सो घटनाबाट घाइते भएकाहरुलाई एम्बुलेन्स मार्फत उद्दार गरिएको र घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।