Logo

अख्तियारको नयाँ अभ्यास– व्यक्तिपिच्छे कानुन, प्रधानमन्त्रीको कुनै पनि भ्रष्टाचारमा कारबाही नहुने नजीर



काठमाडौँ, २६ माघ । चर्चित ललितानिवास बालुवाटार जग्गा हिनामिना प्रकरणले यो हप्ता एउटा आकार पायो तर एउटै देशमा एउटै काम गर्दा दुई ओटा कानुन लगाएर कसैलाई हदैसम्मको दण्ड र कसैलाई हदैसम्मको उन्मुक्ति दिए ।

दण्ड पाउने सत्ताबाहिरका व्यक्ति परे भने उन्मुक्ति पाउने सत्ता भित्रका । त्यसकारण पछिल्लो समय संवैधानिक निकाय अख्तियारले  ठूलो श्रेय पाउने काम गरे पनि आम सर्वसाधरणमा भने अर्कै सन्देश गयो–पक्षपातपूर्ण भयो । यो मुद्वामा सत्तापक्षका वरिष्ठ नेता जोडिए पनि उन्मुक्ति पाए । यसका वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेललाई जसरी उन्मुक्ति दिइयो, त्यसले १ सय ७५ जनामाथिको अख्तियारको अभियोजन नै संकाको घेरामा परेको समाचार आजको जनमञ्च साप्ताहिकमा प्रकाशित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्