
काठमाडौँ, २६ माघ । संक्रमणकालीन न्यायलाई प्रक्रियामा लैजान सरकारले ढिलासुस्ती गरिरहेकै बेला यसबारे अन्तर्राष्ट्रिय निकायले फेरी एकपटक सरकारलाई खबरदारी गरेका छन् ।
न्यायकै लागि बिगत नौं वर्षदेखि संघर्षरत गोर्खा भुजेलकी गंगामाया अधिकारीसंगको भेट लगतै संयुत्तर राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनीधि जुलीयान्ड भ्यालेरीले नेपाल सरकारले संक्रमणकालिन न्याय प्रकृया परिमार्जन गरी पीडितलाई न्याय दिनु पर्ने बताएकी छिन् । सरकारले न्याय नदिएको भन्दै अधिकारीले नेपालस्थित राष्ट्रसंघको कार्यालयमा पुगेर भ्यालेरीसमक्ष आफ्ना पीढा पोखेलगतै आवासीय प्रतिनीधिको यस्तो भनाई सार्वजनिक भएको समाचार विर्मश साप्ताहिकले प्रकाशित गरेको छ ।