काठमाडौँ २६ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण सचिवालय बैठक स्थगित् भएको छ । आइतवार बिहान बस्ने सचिवालय बैठक स्थगित भएको हो । पार्टी एकताका बाँकी काम पूरा गर्न सचिवालय बैठक बस्ने तय भएको थियो ।
शनिबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार सचिवालय बोलाउने निर्णय भएको थियो । तर, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि सचिवालय बैठक स्थगित गरिएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले शनिबार नियमित डायलासिस गराएका थिए । १२ वर्ष अगाडि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री ओली नियमित डायलासिस गराउँदै आएका छन् । प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसले थप स्वास्थ्य चुनौती थपेको कारण ओली निरन्तर चिकित्सकको निगरानीमा रहँदै आएका छन् । File Photo