काठमाण्डौँ २६ माघ । वडा अध्यक्षमाथि कुखुरा चोरीको आरोप लागेको छ । लमजुङ बेसीँ शहर नगरपालिका वडा नं. ९ का अध्यक्ष शरद बरालमाथि कुखुरा चोरीको आरोप लागेको हो ।
उनले आइतबार बिहान करिब ७ बजे चोरी गरेका थिए । उनले बेसीँशहरस्थित कुखुरा फर्मबाटै कुखुरा चोरेको त्याहाँका वासिन्दा सोम बहादुरले जनाएका छन् । वडा अध्यक्ष बरालले कुखुरा फर्मबाट पाँच सय कुखुरा चोरेको जनाइएको छ । आफूले कुखुरा चोरेको समेत उनले स्वीकारेका छन् । प्रहरी वृत्तले उक्त विषयमा छानबिन गरिरहेको समेत जनाइएको छ ।