Logo

देउवाको दाबी : गच्छदारमाथि पुर्वग्राही ढंगले भ्रष्टाचारको मुद्दा लगाइयो



रामचन्द्र वि.क., २६ रामेछाप । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति बिजय कुमार गच्छदारमाथि पुर्वग्राही ढंगले भ्रष्टाचारको मुद्दा लगाइएको आरोप लगाएका छन् ।

शेरबहादुर तामाङ स्मृति प्रतिष्ठान रामेछापले हिजो (शनिबार) रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरेको शववहान तथा एम्बुलेन्स हस्तान्तरण समारोहमा बोल्दै देउवाले अरु सबै उम्कने तर एकजना माथि मात्रै भ्रष्टचारको मुद्दा चलाउँनु सरकारको गलत नियत भएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले जनताले तिरेको करबाट तलब खाएर कुनै एक पार्टीको मात्रै काम नगर्न अख्तियारका कर्मचारीलाई चेतावनी समेत दिएका छन् । उनले पार्टीका उपानेता गच्छेदार माथि सड्यन्त्रपुर्ण र अन्यान्यपुर्ण तरवले चलाइएको मुद्दा तत्काल फिर्ता लिन केप ओली नेतृत्वको सरकारलाई आग्रह समेत गरेका छन् ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल र सरकारी जग्गाको लालपुर्जा बोक्ने नेकपा महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर कांग्रेस नेता गच्छदारमाथि मात्रै मुद्दा लगाउँनु कांग्रेसका लागि मान्य नहँुने बताएका छन् ।

तत्कालिन् प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रीमण्डले नितिगत निर्णय गर्ने र नेकपा महासचिव पौडेलको सिरानीमुनी छोराको नाममा सरकारी जग्गाको लापुर्जा भेटीने तर भ्रष्टचनर मुद्दा चाहि गच्छदारलाई मात्रै लगाउँनुमा अहिलेको सरकारको नियत गलत भएको उनको भनाई छ ।

शेरबहादुर तामाङ स्मृति प्रतिष्ठानका सदस्य एवं काँग्रेस नेता पूर्ण बहादुर तामाङ कान्छारामले रामेछापमा पटक–पटक गरी १४ ओटा एम्बुलेन्स र एउटा सवबहान आफ्नो व्यक्तिगत खर्चमा वितरण गरीसकेका छन् ।

नेपाली काग्रेसबाट प्रतिनिधिसभाको उम्मेद्धार बनेका नेता तामाङले आफू पराजित भए पनि चुनावी अभियानमा गाउँमा जादाँ बोलेका बाचा पूरा गर्दै गएको र आगामि दिनमा पनि जिल्लामा आपत्त पर्दा सहयोग गर्ने उनले बताए ।

समाजसेवी तामाङले मन्थली नगरपालिकालाई एउटा सवबहान, दोरम्बाको लखनपुर थापाडाडा, गागल–पिङ्खुरी–पुरानागाउँ–चनखु, गोकुलगंगाको फर्पु र मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पताललाई एक–एक ओटा एम्बुलेन्स दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्