Logo

अमेरिका र केपी ओली मिलेर देशलाई युद्धमा भाँस्दैछन्- पूर्वमन्त्री किराँती



काठमाडौं, २६ माघ । गोपाल किराँतीसँग लामो कम्युनिस्ट राजनीतिको अनुभव छ । सधै विद्रोही स्वभाव देखाउने नेताको परिचय बनाएका उनी पछिल्लो समय नौंवटा कम्युनिस्ट दलको गठबन्धनका एक नेता पनि हुन् । पूर्वमन्त्री किराँतीसँग ऋषि धमलाले समसामयिक राजनीतिक अवस्थाबारे गरेको कुराकानीः
तपाईंहरु सडकमा जानु भएको हो ?
हामी सडक आन्दोलनको तयारीमा छौं ।
किन सडक आन्दोलन गर्नुपर्यो ?
दुईवटा विषयलाई लिएर सडक आन्दोलन गर्ने योजना बनाउँछांै । खासगरी ९ वटा कम्युनिस्ट पार्टीहरुको समूह मिलेर यो आन्दोलनको तयारी गरेका हौं । इन्डोप्यासिक अन्तर्गत आएको एमसीसी सम्झौताले नेपाललाई अर्को अपगानिस्तान बनाउँदैछ । त्यसलाई रोक्नुपर्छ भन्ने हो । अर्को लिम्पियाधुरालगायतका ठाउमा हडपिएको भूमि फिर्ताको निम्ति सरकारले राष्ट्रिय समहति भनेको थियो, त्यो कार्यान्वयनका लागि सडक आन्दोलनको तयारी गरिरहेका हौं ।
अहिले केपी ओली नेतृत्व नेकपाको सरकार छ, तपाईंहरु जनाधार नै नभएका मान्छे सडकमा गएर के गर्नुहुन्छ ?
सडक आन्दोलनमा राजनीतिक दल, नेता र कार्यकर्ता नै जाने हो । त्यो आवश्यकता बोध भयो भने जनता त्यसमा आउने हो त्यसकारण हामी पहल गरिरहेका छौं ।
एमसीसी देश विकासको लागि हो भनेर सरकारले भन्दा तपाईंहरुलाई के आपत्ति ?
विकास र पूर्वाधारको लागि हो भने यएसआईडी पनि छ । त्यस मार्पmत गर्दा पनि हुन्छ । म्ख्य रुपमा अमेरिका र भारतको उपनिवेश नेपाललाई बनाउने योजना हो । त्यसमा खड्ग ओली सरकार लम्पसार परेको स्थितिले ठूलो संकट उपन्न हुँदैछ । गाउँखाने कथामा ‘राम्रो जति सबै मेरो, नराम्रो जति तेरो’ भने जस्तै यसमार्पmत शक्तिराष्ट्रको युद्ध हुने र त्यसको भागीदार नेपाल हुनुपर्ने भएकाले हामी विरोध, प्रतिरोध गर्दछौं । साथै त्यसो नगरोस् सरकारले भनेर अभैm पनि आग्रह गर्दछौं ।
एमसीसी पारित गर्नुपर्छ भनेर सरकार पक्ष नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त मिलिसके नि ?
त्यो गर्दा डबल नेकपा र नेपाली कांग्रेस एउटै खाल्डोमा जाकिन्छन्, केही समयभित्र ।
त्यसको आधार के ?
एमसीसीमा खासगरी तीनवटा भयानक कुराहरु छन् । पहिलो नेपालको बौद्धिक सम्पत्तिमाथि अमेरिकाको हक हुनुपर्ने । दोस्रो एमसीसीको र नेपालको कानुन बाझिएमा पनि त्यो मान्य हुने । अर्को नेपालमा जे–जसो गर्नुपर्ने हो, त्यसमा भारतको स्वीकृति लिनुपर्ने भनिसकेपछि, हिजो सुगौली सन्धिले आधा नेपाल समाप्त ग¥यो । अहिले दोस्रो सुगौली सन्धि हुँदैछ, यसले पुरै नेपाल समाप्त गर्दैछ । अमेरिकाले साम्राज्यवाद थोपर्दैछ, त्यो भनेको युद्ध हो । त्यसमा हाम्रो विरोध छ । विरोध गर्नुनै देशभक्ति हो ।
सरकारमा रहेका कम्युनिस्ट पार्टीका शीर्ष नेता, पूर्व अर्थविद्, पूर्व अर्थमन्त्रीहरु चाहीं देशको हितमा छ भन्ने अनि तपाईं चाहीं विरोध गर्ने ?
हिजो कोशी, गण्डकीलगायतका नदीहरु सम्झौता हुँदा त हामीलाई देशको राजनीतिक गतिविधि थाहा हुँदैनथियो । महाकाली सन्धीका बेला पनि भारतलाई दियो भने के–केन हुन्छ भनेर थोरै उफ्रिएका होइनन्, अहिले त केही भएको छैन । उल्टै त्यो महाकाली दिनाले लिम्पियाधुरा, कालापानीलगायतको भूमि भारतले आफ्नो नक्सामा पार्ने काम गरेको छ । हाम्रो सरकार चाहीं मौनधारण गरिरहेको छ । मंसिरमा अमेरिकाका एकजना सांसद्ले धम्कीपूर्ण भाषण गर्दा नेपालको मन्त्रिपरिषद् निर्णय बदर गर्दछन् । यसरी अमेरिकाकाले सांसद्ले धम्की दिँदा निर्णय फिर्ता गर्दछन् भने । त्यहाँका राष्ट्रपतिले नै धम्क्याए भने हाम्रा राष्ट्रपति, प्रधानमन्त्रीहरुले के गर्लान् । त्यसैले अहिले यो एमसीसीमा हाम्रो देशको सरकार र त्यसमा नेतृत्व गर्ने नेताहरु लेन्डुप दोर्जे बन्दैछन् । ती लेन्डुप दोर्जेहरुलाई कारबाही गर्न हामी जनसमर्थनसहित सडक आन्दोलनमा जान तयार भएका छौं ।
एमसीसी पारित गराउन त्यसका प्रतिनिधि नै नेपाल आइसकेका छन् नि ?
यसलाई पारित नगरियोस् भन्ने आग्रह हुन्छ । अटेर गरेर गरियो भने हाम्रो त्यसमा विरोध हुन्छ । एमसीसी लिएर अमेरिका र खड्ग ओली सरकारले नेपाललाई अफगानिस्तान बनाउँदैछन् । हामीले चाहीं कसरी भियतनाम बनाउने भनेर अध्ययन गर्दैछौं । आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसरमा देशभर पैदल यात्रा गरेर जनसांस्कृतिक अभियान गर्ने तयारी पनि गर्दैछौं ।
हिजोसँगै जनयुद्ध गरेका प्रचण्डले कम्युनिस्टहरु एकताबद्ध भएर देशको नेतृत्व गरिरहँदा तपाईंहरु कहाँ हुनुहुन्छ ?
प्रचण्ड मात्रै बाँचेर हुँदैन अरु पनि बाँच्नुपर्छ । प्रचण्ड मात्रै भएर पुग्दैन अरु हुनुपर्छ । जनसम्म जनतन्त्र, जनस्वतन्त्रता हुँदैन तबसम्म हरेकले आफ्नो प्रयास जारी राख्नुपर्छ । अहिले त हामीले जनविद्रोह भनिरहेका छैनौं, त्यो हाम्रो रणनैतिक लक्ष्य हो । अगाडि तपाईंले भन्नुभयो एमसीसीको बारेमा एकपा र नेपाली कांग्रेसको समर्थन भनेर, त्यसमा त हामी अर्को आशंका यिनीहरुले त्यो एमसीसीको ५५ अर्ब रकम बाँडेर खाइसकेका छन् र लम्पसार परेका हुन् कि भन्ने लाग्छ ।
प्रचण्ड एमसीसीको पक्षमा विपक्षमा ?
यसमा प्रचण्ड त ‘लालुपाते नुहियो भुईंतिर, कि लाऊ माया मैतिर कि लाऊ उहीतिर, लगाउ दुईतिर’ भन्ने गीत जस्तै हुन् । अहिले प्रचण्ड पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर हो । उहाँको यही भन्ने खासै विश्वास छैन, एमसीसीमा चाहीं जसो–जसो ओली, त्यतैतिर प्रचण्ड होला भन्ने बुझ्छौं ।



प्रतिक्रिया दिनुहोस्