Logo

पोखरामा कुखुरा किलोको चार सय ६० रुपैयाँ



पोखरा, २६ माघ : पोखरामा कुखुराको मासुको मुल्य चार सय ६० रुपैयाँ पुगेको छ । व्यवसायीले गुणस्तरीय मासु उपलब्ध गराउने भन्दै अन्य शहरको तुलनामा पोखरामा महँगो बेच्ने गर्छन । डेढ महिनाको अवधिमा यहाँ कुखुरा मासुको मुल्य प्रतिकिलो एक सय रुपैयाँले बढेको छ । उपभोक्ता मञ्चले कुखुरा मासुको सबैभन्दा बढी मुल्य पोखरामा चर सय रहेको बताएको छ ।

चार वर्षअघि पनि यहाँ मासु महँगीएको थियो ।व्यवसायी संघ कास्कीका अध्यक्ष गोविन्द प्रसाद तिवारीका अनुसार कुखुरा मासुको मुल्यउ दुई थरी हुन्छ । सामान्यको प्रतिकिलो चार सय ३० रुपैयाँ र विशेषको प्रति किलो चार सय ६० रुपैयाँ रहेको तिवारीले बताए । पुस पहिलो साता सम्म यहाँ विशेषको मुल्य प्रतिकिलो तीन सय ६० रुपैयाँ थियो । पखेटा, बोसो । पुच्छर फालेर मासुलाई व्यवसायीले विशेष भन्दै बढी मूल्यमा बेच्ने गरेका छन् ।

ह्याचरी व्यवसायी का कारण अहिले मुल्य बढेको मासु व्यवसायीले बताएका छन् । मंसिर अन्तिम साता अण्डा र चल्ला नष्ट गर्ने निर्णय गर्खा चल्ला अभाव भई अहिले मासु योग्य कुखुरा नपाएको व्यवसायीले बताए ।

ह्याचरी व्यवसायीले चल्ला बिक्रि र ओसार पोसारमा समेत बन्द गरेका थिए । ठुलो सख्यामा चल्ला र अन्डा नष्ट गरेका थिए । कुखुरा उत्पादनका लागी चल्ला नै पाइएन् । चल्ला नपाएपछि उत्पादन हुने कुरै भएन अध्यक्ष तिवारीले भने ।

ह्याचरी व्यवसायी ले १८ दिनसम्म उत्पादन भएका सबै चल्ला नष्ट गरेका थिए ।त्यबाहेक चिसोका कारण पनि कुखुरा उत्पादनमा असर परेको उनको भनाई छ । पुस–माघको चिसोमा चल्ला हुर्काउन कठिन हुने उनको भनाई छ । हजार चल्ला हालियो भने आधामात्र मासुका लागी योग्य हुन्छन् ।(नागरीक बाट)



प्रतिक्रिया दिनुहोस्