Logo

सैलुङ समुहको अलकत्रा कारखाना गैरकानुनी



काठमााडौ, २७ माघ । ललितपुरको नक्खुस्थित मेडिसिटी अस्पतालबाट केही किलोमिटर पर सैलुङ ग्रुप अफ कम्पनीले खोलेको अलबत्रा कारखाना छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालको घरवेटी शारदा प्रसुाद अधिकारी चार वर्षदेखि सञ्चालनमा रहेका उक्त कारखानाका अध्यक्ष हुन् ।

त्यस कारखानाबाट उत्र्सजन हुने प्रदुषणले स्थानियहरुलाई ठुलो प्रभाव पार्ने गरेको छ । त्यहाँबाट जनस्वास्थ्यका लागी हानीकारक मानिने कार्बन मोनोअक्ुाइड र नाइट्रोजन अक्साइड, सल्फर डाई अक्साइड र नाइट्रोजन अक्साइड ग्यास उत्र्सजन हुने गर्छ । काठमाडौ उपत्यकाका वायु प्रदुषणमा सवारी साधनबाट उत्र्सजन हुने धुवाँसँगै औद्यागिक प्रतिष्ठानले गर्ने उत्र्सजन पनि उत्तिकै जिम्मेवार मानिन्छ । वायु प्रदुषणका कारण उपत्यकामा मात्र झन्डै नौ हजारजनाको मृत्यु हुने विश्व संगठनले २०१६ मा सार्वजनिक गरेको एक प्रतिवेदनले देखाएको छ । (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्