काठमाडौं, २६ माघ । डिआइजी नेपाल प्रहरीको २७ औं आइजीपी बन्ने भएका छन् । आज अपरान्ह बस्ने मन्त्रिपरिषद्को बैठकले उनलाई आइजीपीमा बढुवा गर्ने तयारी पूरा गरिसकेको बुझिएको छ ।
वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा ज्ञवाली अगाडि रहेपनि उनी आइजीपी बनाइन लागेका हुन् । हाल प्रदेश नम्बर १ का प्रहरी प्रमुख रहेका उनी केही समययता काठमाडौंमा छन् । उनलाई गृहमन्त्री रामबहादुर थापा बादलले समेत भेटिसकेका छन् ।
विश्वस्त स्रोतका अनुसार मन्त्रिपरिषद्मा ज्ञवालीलाई आइजीपी बनाउने प्रस्ताव तयार भइसकेको छ । आइजीपीमा वरिष्ठतम डिआइजीहरु ठाकुर ज्ञवाली र तारिणी लम्साल प्रतिष्पर्धामा थिए ।
नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल भोलिबाट ३० वर्षे सेवावधि पूरा गरी अनिवार्य अवकाश पाउँदैछन् । उनीसहित तीनजना डिआइजीहरु पुष्कर कार्की, ठुले राई र धीरु बस्न्यातसहित उक्त ब्याचका १७ डिआइजीले अनिवार्य अवकाश पाउनेछन् ।
२१ जना उच्च प्रहरी अधिकृतहरु सेवानिवृत्त हुनेवित्तिकै तीन एआइजी, दुई दर्जन डिआइजीसहितका पदहरु रिक्त हुनेछन् । प्रहरी नियमावली अनुसार हालका आइजीपी ज्ञवाली पाँच महिना आइजीपी बन्नेछन् ।