काठमाडौ २७,माघ । मानव बेचबिखन तथा आपराधिक कार्यमा महिलाभन्दा पुरुषहरु कै संलग्नता बढी देखिएको छ । तर पछिल्लो समय त्यस्ता आपराधिक कार्यमा महिलाको संलग्नता पनि बढ्दै गएको तथ्यांकले देखाएको छ । विभिन्न प्रलोभनमा परेर महिलाहरु त्यस्तो कार्यमा संलग्नता हुने गरेका प्रहरीले जानकारी दिएको छ । आर्थिक अवस्था कमजोर तथा पारिवारीक समस्याका कारण पछिल्लो समय महिलाहरु आपाराधिक क्रियाकलापमा संलग्न रहेको ंप्रहरी अनुसन्धानले देखाएको छ ।
प्रहरी तथ्याँकअनुसार १० वर्षयता आठ सय ८८ जना महिला बेचबिखन तथा मानव तस्करमा संलग्न रहेका छन् । उनीहरुले विभिन्न षड्यन्त्र तथा लोभ लालच देखाई बेचबिखनका विदेशी मुलुकमा पु¥याउने प्रहरीले बताएको छ । यस्तो कार्यमा संलग्नमध्ये धेरै जसो वैदेसिक रोजगारमा गएर फर्किएका नै रहेको मानव बेचबिखन अनसुसन्धान ब्युरोका प्रवक्ता (एसपी) गोविन्द थपलियाले बताए ।
आपराधिक कामको बारेमा जानकारी पाएका महिलाहरु नै यस्तो कार्यमा संलग्न हुने गरेको उनको भनाई छ । वैदेशिक रोजगारमा गएका महिलाहरु पुरुषसँग मिलोमतो गरी अपराधमा संलग्न हुने गरेका अनुसन्धान बाट देखिएको उनले बताए । विदेशका धेरै तलब सुविधा भएको काम लगाइदिने जस्ता विभिन्न प्रलोभन देखाएर महिलाहरुले नै महिला तथा कतिपय पुरुषसमेत विदेशसम्म पु¥याईदिने गरेको एसपी थपलियाको भनाई छ । महिलाहरु विदेशबाट फर्किएर दलाल र ऐजेन्टसंग मिलोमतो गरेर बेचबिखन कार्यमा संलग्न हुने गरेको प्रहरीले अनुसन्धानले देखाएको छ । (नागरिकबाट)