Logo

यसरी बन्दैछ अरुण तेस्रो



काठमाडौं, २७ माघ । लगानी जुटेपछि नौं सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाले गति लिएको छ । परियोजनाको काम तिव्र गतिमा भइरहेको छ ।

मुख्य ड्याम र सुरुङको निर्माण भइरहेको छ । गत हप्ता निर्माणकर्ता कम्पनिसँग नेपाल र भारतका बैंकहरुले एक खर्बको ऋण सम्झौता गरिसकेका छन् ।

आज नेपाल र भारतका बैंकरहरु आयोजना निर्माणस्थलको अवलोकन गर्न पुगेका थिए । जसमा नेबिल बैंकका सीईओ अनिलकेशरी शाह पनि सहभागी थिए ।


तस्बिर स्रोत: अनिलकेशरी शाह



प्रतिक्रिया दिनुहोस्