Logo

राष्ट्रिय अनुसन्धानः २३२ कर्मचारीको माग, ४९ हजार आवेदन



काठमाडौं, माघ २८ । राष्ट्रिय अनुसन्धान विभाग दुई सय ३२ जना कर्मचारी माग गर्दा करिब ४९ हजारले आवेदन दिएका छन् । गत १८ पुसमा विभागले दुई सय ३२ जना सहायक सूचकको भर्नाको सूचना निकालेको हो ।

आइतबार आवेदनको म्याद सकिएकोमा दुई सय ११ गुणा धेरै आवेदन परेपछि गुप्तचरप्रतिको आर्कषण देखिएको हो । पहिलोपटक सहायक सूचक पदमा लोकसेवा आयोगमार्फत भर्ना सुरु गर्न विज्ञापन जारी गरिएको थियो ।

यसअघि सहायक निरिक्षक सरहको अनुसन्धान सहायक र इन्सपेक्टरसरहको अनुसन्धान अधिकृत पदमा मात्र आयोगमार्फत भर्ना लिने गरेको थियो ।यसपटक अनलाईन मार्फत पनि आवेदन दिन मिल्ने व्यवस्था मिलाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्