Logo

क्यानडाका सभामुख र परराष्ट्रमन्त्री ज्ञवालीबीच भेटवार्ता, यस्तो कुरा भयो



काठमाडौं, २८ माघ । नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरीले आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग आज भेटवार्ता गरेका छन् । सभामुख फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डले मन्त्री ज्ञवालीसँग शिष्टाचार भेट भएको हो ।

भेटवार्तामा मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्षलाई सफल बनाउनको लागि क्यानडाको सहयोगको अपेक्षा गरेका थिए । जवाफमा सभामुखले आफूहरु सहयोग गर्न तयार रहेको बताएका थिए । मन्त्री ज्ञवालीले नेपालमा हुने ‘सगरमाथा सम्वाद’ मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधि पठाउन समेत आग्रह गरेका थिए ।

यसअघि सभामुख फुयुरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार सिंहरबारस्थित राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सचिवालयमा उनीसँग भेटवार्ता गरेको थियो । भेटमा अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot