काठमाडौं, २८ माघ । समाजवादी पार्टीकी सांसद सरिता गिरीले ललिता निवासको जग्गा अपचलन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेलाई महाअभियोग लगाउन माग गरेकी छिन् ।
सांसद गिरिले उक्त प्रकरणको मुद्दामा अख्तियारले गल्ति गरेको बताउँदै महाअभियोगको माग गरेकी हुन्।’ उनले भने,‘अख्तियारका प्रमुखमाथि महाअभियोग प्रस्ताव दर्ता गरौं ।’ सांसद गिरीले न्यायाधीश कुमार रेग्मी र नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलाई जग्गा फिर्ता गर्ने शर्तमा मुद्दा नचलाइएको प्रति आपत्ति जनाइन् ।