Logo

रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा डुब्दा १४ जनाको मृत्यु



२८ माघ : बंगलादेशको दक्षिण तटमा रोहिङ्ग्या शरणार्थी बोकेको डुंगा डुबेको छ । शरणार्थी बोकेको डुंगा डुब्दा १४ जनाको मृत्यु भएको छ । मंगलबार रोहिङ्ग्या शरणार्थी बोकेर बंगलादेशबाट मलेसिया जाँदै गरेको डुंगा सेन्ट मार्टन टापु नजिकै बे अफ बंगालमा डुबेको हो। डुंगाको क्षमता भन्दा बादी यात्रु बोकेको कारण डुंगा डुबेको जनाइएको छ ।

मृतक सबै महिला तथा बालबालिका रहेका जनाइएको छ । ७० जनालाई उद्दार गरिसकेको भए पनि अझै थुप्रै बेपत्ता छन्।उक्त डुंगामा करिब १३० जना सवार थिए। राम्रो जीवनको आसमा थुप्रै शरणार्थीहरु आबैध रुपमा पलायन हुने गर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot