Logo

एनआईसी एशियाको ग्राहकमैत्री नयाँ वेबसाइट



आफ्ना ग्राहकहरुको रुचिबमोजिम विविध ग्राहकमैत्री योगदानहरु पस्कदै आएको एनआईसी एशिया बैँकले आफ्ना ग्राहकवर्गको सुविधालाई थप परिष्कृत गर्ने उद्देश्यको साथ सिडजीटल बैकिङलाई उच्च प्राथमिकतामा राख्दैँ विविध सुविधायुक्त विशेषताहरुका साथ बैकको नयाँ वेबसाइट सार्वजनिक गरेका छन् ।

आर्कषक शैलीको आवरण भएको नयाँ वेबसाइटमा बैकको सेवा सुविधाको विवरण हेर्न चाहानेहरुको लागी अन्र्तक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुका साथै उक्त वेबसाइट नेपनली भाषामा समेत उपलब्ध गराएको छ । ग्राहकले नेपाली भाषामा बैकका सुचना उक्त वेबसाइटकबाट प्राप्त गर्न सक्नेछन् । गुुगल म्यापलाई समेत संलग्न गरिएकाले उक्त वेबसाइटबाट सजिलै बैँकको शाखा , एक्टेन्सन काउण्टर , एटिएम रहेको स्थान सजिलै पत्ता लगाउन सकिन्छ । साथै बैकको कार्ड तथा मोवाइल बैकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने पसल तथा व्यवसायीको स्थानको समेत पहिचान समेत गर्न सकिनेछ ।

वेबसाइटलाई मोवाइलबाट पनि चलाउन मिल्ने गरी डिजाइन गरिएकाले ग्राहकले जुनसुकै स्थानबाट पनि आफ्नो स्मार्ट फोन मार्फत वेबसाइट चलाउन सक्ने सुविधा प्रदान गरिएको छ । वेबसाइटबाट नै खाता खोल्ने मिल्ने सुविधाका साथै बैँकसम्बन्धि विविध सुविधा तथा जानकारी प्रयोगकर्ताको वेब–ब्राउजरमा स्वचालित सुचना मार्फत पठाउन सकिने प्रविधिको समेत प्रयोग गरिएको तथा आफुहरुलाई मन परेका जानकारी र सुचना सामाजिक सञ्जालमा सेयर गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । प्रयोगकर्ताको डाटा सुरक्षाका लागी विशेष सुरक्षा संयन्त्रको प्रयोग गरिएको छ । (दृष्टिबाट)



प्रतिक्रिया दिनुहोस्