काठमाडौ, २८ माघ । नाफा आर्जन गर्न नसकेपछि नेपाल वायुसेवा निगमले वाइडबडी विमानमार्फत भदौदेखि सुरु गरेको काठमाडौ–ओसाका उडान ५ महिनामै बन्द गर्ने निर्णय गरेको छ । ओसाका उडान घाटामा गएका कारण बन्द गर्नुपरेको निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले बताए । ‘अब फागुन १७ मा काठमाडौ बाट ओसाका सम्मको अन्तिम उडान हुनेछ , ’ चन्दले भने ।
निगमले १२ वर्षपछि गत भदौ १२ मा काठमााडै बाट ओसाकाका लागी पुनः व्यावसायीक उडान थालेकोे थियो । निगमलाई जापानले सातामा तीन दिन उडान अनुमती दिएको थियो । तर निगमको वाणिज्य विभागले यात्रु् भर्न नसकेपछि भदौ तेस्रो साता देखि नै दूई मात्रै उडान राखेको थियो ।(कान्तिपुर बाट)