काठमाडौ । नजिकिदो भ्यालेन्टाइन्स डेका कारण यतिबेला विश्व भरनै सप्ताह चलिरहेको छ । प्रेमका नयाँ जोडीबीच सप्ताहभर चकलेट डे , हग डे , किस डे ,देखि प्रपोज डे सम्मका क्रियाकलाप चलिरहदा भारतकै ‘नेसनल क्रस’ मानिने अभिनेत्री दिशा पटानीकाृ अवस्था चाहीँ कस्तो होला ? हालै रिलिज फिल्म ‘मंलङग’ का को–एक्टरसँग अन्र्तवार्ता दिन पुगेकी पटानीले प्रेमका मामिलामा आफु अभागी रहेको जिकीर गरेकी छिन् ।
सुन्दर अभिनेत्रीलाई पत्रकारले उनको जिवनमा कति प्रेम पस्ताव आए र कतिका दिल टुक्रिए होलान भनेर राखेको जिज्ञासामा उनले भनेका छिन् । ‘नढाटी भन्नपर्दा मलाई आजसम्म एउटै पनि प्रेम प्रस्ताव आएको छैन र स्कुलमा टमव्याय जस्तै थिए । फेरी बुबा पुलिसमा भएकाल होला ,कसैले पनि प्रेम प्रस्ताव राखेनन् । अहिले फिल्म क्षेत्रमा छु । यहाँबाट पनि पार्टीहरुमा जाने गर्दिन । सायद जान्थे भने पनि प्रस्ताव आउथ्यो होला ।
मेरो जिन्दगी त एकदमै दुखी छ ।’ दिशाले जवाफ दिइरहँदा आदित्य रोय कपुर ,कुनाल खेमु र अनिल कपुरले हाँसो रोक्न सकेनन् । र अभिनेत्रीले भने प्रस्ताव आएको हुन्थ्यो भने आफुले पनि केही नरम भएर सोच्न सक्थे होला भन्दे प्रतिक्रिया दिइन् ।
त्यसो त दिशा पटानी बलिउडमा प्रवेश लगत्तै ‘बागी २’ को–एक्टर टाइगर श्राफसंग नाम जोडिएको थियो । मिडियामा समेत यी दुई जना रेस्टुरेन्टमा सँगै डिनर गरिरहेको फोटो छापिन्थे भने दुई जनाको प्रेममा आधिारीत गसीपले बलिउड गर्मराउदै आएको छ ।(कान्तिपुरबाट)