Logo

बक्स अफिसको नाममा ५ करोड स्वाहा



काठमाडौ । गत साउन १ गतेबाट चलचित्र विकास बोर्डले बक्स अफिस लागु ग¥यो । सो सख्या टिकट बिक्रि देखि फिल्मको सम्पुर्ण व्यापार पारदर्शी हुन बोर्डको दाबी थियो । ‘छ माया छपक्कै ’ र ‘कबड्डी कबड्डी कबड्ुडी’ साउन यता रिलिज भएका सुपरहिट फिल्म हुन् ।
तर दुवै फिल्मका निर्माताले बोर्डको बक्स अफिससबाट तथ्यांक लिएनन् , आफ्नै वितरकको रिर्पोट पत्याए । ‘छ माया छपक्कै’ ले १२ करोड ७५ व्यापार गरेको निर्माता ÷अभिनेता दीपकराज गिरीले बताएका छन् । बोर्डको बक्स अफिसबाट तथ्यांक किन नलिएको ? दुवै निर्माताको जवाफ एउटै छ , ‘बक्स अफिस ले देखाउने व्यापारको विश्वास छैन ।’ तर उनीहरुले चाहे भने पनि बोर्डबाट आफ्नो फिल्मको व्यापारीक आंकडा पाउदैन्थे । किनभने ,खुद बोर्डको प्रणालीसँगै तथ्यांक छैन । बोर्डले जडान गरेको केन्द्रिय चलचित्र व्यवस्थापन प्रणाली का मुल प्राविधिक सुनील नेपाली भन्छन् ‘अक्टोवर र नोभेम्बरमा सफ्टवेयर का सबै डाटा हरायो , कामै गरेन । र त्यही बेला यी फिल्म रिलिज भएको हुन सक्छ ।’



प्रतिक्रिया दिनुहोस्