Logo

दिल्लीमा आम आदमी पार्टीलाई दुई तिहाई



एजेन्सी, २८ माघ । दिल्ली विधानसभा चुनावमा ७० सिटमध्ये आम आदमी पार्टीले ५२ सिट जितिसकेको छ । उसले दश सिटमा पनि जित निकाल्ने निश्चितप्रायः देखिएको छ ।

अरबिन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टीले यसअघि ६७ सिटमा जित हासिल गरेकोमा यसपटक पाँच सिट कम जित्ने अवस्था देखिएको छ । भारतको केन्द्र सरकारमा सत्तारुढ भारतीय जनता पार्टीले आठ सिटमा जित निकाल्ने देखिदैछ । उसले यसअघि तीन सिट मात्र जितेको थियो ।

शुरुवाती अग्रता लिएको आम आदमी पार्टीले अग्रता बढाउँदै बढी सिट संख्या जितेको हो । भारतको दोस्रो ठूलो दल कँग्रेस आईले कुनैपनि सिटमा जित निकाल्न सकेन ।

भारतमा मोदी सरकारले नागरिकतासम्बन्धि विधयेक पारित गरेपछि दिल्ली चुनावलाई उनको कदमको परीक्षणका रुपमा हेरिएको थियो । मतसर्वेक्षणले विधानसभामा आम आद्मी बलियो देखिएपनि अहिले नै लोसभाको चुनाव भएमा मोदीको दल भाजपाले जित निकाल्न सक्ने देखाएको छ । यसबाट विधानसभा र लोकसभा चुनावमा मतदाताको फरक धारणा देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot