Logo

संसदको अवरोध हट्यो



काठमााडौ, २९ माघ । तीन दिनसम्म अवरुद्ध प्रतिनिधिसभा बैठक मंगलबारदेखि सुचारु भएको छ । ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्षपात पुर्ण ढंगले भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले अवरोध गरेका कारण संसद बैठक चल्न सकेको थिएन ।

मंगलबारको बैठकमा काग्रेसकी सचेतक पुष्पा भुसालले संवैधानिक अंगमा सरकारको हस्तक्षेप हुन नदिन कांग्रेसले सदनबाट खबरदारी गरिरहने बताइन् । संवैधानिक निकाय कमजोर भयो भने लोकतान्त्रिक अधिकार कमजोर हुने उल्लेख गर्दै उनले थपिन् ‘भोली पनि यस्तै घटना दाहोरिएमा कांग्रेसले संसदबाट आफ्नो आन्दोलन जारी राख्नेछ । उनले सदन अवरोधलाई कांग्रेसले स्थगित गरेको जानकारी पनि दिइन् । (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्