Logo

सैलुङका थुम्कामा कंक्रिट संरचना



काठमाडौँ, २९ माघ । सैलुङका थुम्काथुम्कामा उभिएर वरिपरि नियाल्दा सगरमाथासहित देशका दर्जन भन्दा बढी हिमशृंखला देख्न पाइन्छ । काठमाडो उपत्यका वरपरका डाँडाकाँडा, महाभारत शृंखलाका पर्वतहरु मात्र होइन चुरे उपत्यकाका विभिन्न स्थानसमेत प्राकृतिक ‘भ्युटार’ हुन् ।

३४ सय मिटर उचाईका अवस्थित सैलुङ वास्तवमा प्राकृतिक भुस्वर्ग नै हो । तर पछिल्लो समय त्यहाँको सौन्दर्यलाई क्षति पुग्नेगरी कंक्रिटको भ्युटारलगायत संरचना निर्माण भइरहेको छन् । व्यक्तिगत प्रयासमा मात्र नभएर पर्यटन मन्त्रालय सहित अन्य सरकार निकायको पनि त्यस्ता संरचना निर्माणमा संलग्नत रहेको पाइन्छ । सौयको नमुना स्थानलाई कुरुप पार्नेगरी सैलुङका डाँडामा भ्युटावरसहित अन्य संरचना ठड्याउन थालिएपछि सरोकारवालाहरु चिन्तित बनेका छन् । (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्