Logo

आठ किलोमिटरसम्म खानी रहेको अध्ययन देखायो



काठमाडौं, माघ २९ । झण्डै सात दशकदेखि बन्द भएको पर्वतको महाशीला गाउँपालिका वडा नम्बर ६ को साविक फलामखानी गाविसमा रहेको फलामको खानी पुनः उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको हो ।

विभागले चालू आर्थिक वर्षमा फलाम खानीको विस्तृत सर्वेक्षण गर्न थालेको छ । त्यसका लागि भूगर्भविद् ठाकुर कँडेल, प्रकाश पोखरेलसहितको टोलीको एक सातादेखि अध्ययन गरिरहेको छ । टोलीले सम्भावित ठाउँहरुमा फलामको मात्रा र गुणस्तर के कति छ भनेर अध्ययन गरिरहेको पोखरलले जानकारी दिए ।

उनका अनुसार इलेक्ट्रिकल रेसिस्टीभिटी (ईआरटी) को माध्यमबाट अध्ययन अनुसन्धानको काम भइरहेको छ ।अहिले हेर्दा कुनै ठाउँमा सतहमा फलाम भेटिएको छ भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको छ । आठ किलोमिटरसम्म खानी रहेको साधारण अध्ययनले देखाएको आजको कारोबार दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्