Logo

अर्थमन्त्रीका कारण गभर्नरमा अन्योल



काठमाडौं, २९ माघ । दूई वर्ष अर्थमन्त्री भइसकेका डा. युवराज खतिवडा आफ्नो पदावधी बढाउन पछिल्लो समय तीवप्र लविङमा लागेका छन् । पुर्नः राष्ट्रियसभाको सदस्य बन्ने र अर्थमन्त्रीमै निरन्तर रुपमा हुने उनकोे योजना रहेको छ । राष्ट्रिपति विद्यादेबी भण्डारीको कोटामा राष्ट्रियसभामा नियुक्त भएका डा. खतिवडाको सांसद को अवधि आगामी फागुन २० गते सकिदैछ ।

राष्ट्रियसभाका सांसदहरुको कार्यविधी बाँडफाँड हुदाँ उनी दुई वर्षे अवधिमा परेका थिए । अब अर्थमन्त्रीमा निरन्तरता पाउँन उनी पुनः सांसद नभए पनि ५ महिनासम्म मन्त्री हुन पाउने सैवैधानिक प्रावधान रहेको हुदाँ उनले आगामी ६ महिनासम्म अर्थ मन्त्रालय चलाउन सक्नेछन् । राष्ट्रपतिले एक सांसद मनोनयन गर्न पाउने भएको हुदाँ डा. खतिवडाले आँखा लगाएको बुझिएको छ । राष्ट्रपतिले मनोनयन गर्ने सांसदको सिफारीस मन्त्रपिरिषदबाट हुने भएको हुदाँ उनी मन्त्रीपरिषद् बाट सिफारीस गराउने पक्षमा रहेका छन् । करिब दूई वष्र्या अघि डा. खतिवडाले अनपेक्षित रुपमा अर्थमन्त्री भएका थिए । डा. खतिवडा अर्थमन्त्री राम्रो ज्ञाता भए पनि अर्थमन्त्री बन्न भने सत्तारुढ नेकपाको शिर्ष नेताहरु इच्छुक देखिएका थिए । पहिला पनि अर्थशास्त्रबारे गहन ज्ञान नभएका नेताहरुले अर्थ मन्त्रालय चलाउने अभ्यास गरिसकेका हुदाँ पछिल्लो पटक पनि धेरै शर्षि नेताहरुले अर्थ मन्त्रालयमा आँखा लगाएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्रबैकका गभर्नर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका डा. खतिवडालाई आफ्नो टिममा राखेका थिए ।

पछिल्लो समय अर्थमन्त्री डा. खतिवडा खाफ्नो पदलाई निरन्तरता दिने लबिङमा जुटेका हुदाँ राष्ट्र बैकको गभर्नर चयन गर्ने जस्ता विषय ओझेलमा परेका छन् । (बुधवारबाट)



प्रतिक्रिया दिनुहोस्