Logo

सानेपा हत्याकाण्डः मृतक कार्की र चौधरीका परिवारले दिए जाहेरी



काठमाडौं, २९ माघ । पूर्व सचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्की र घरेलु कामदार विजय चौधरीका परिवारले प्रहरीमा जाहेरी दिएका छन् । सानेपा हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउन मृतकका परिवारले प्रहरीमा जाहेरी दिएका हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मृतक मुना कार्कीका पति अर्जुन कार्की र विजय चौधरीका आफन्त जानकी चौधरीले जाहेरी दिएका छन् । तर, दुवै पक्षले किटानी जाहेरी दिएका छैनन् । पूर्व सचिव कार्कीले मंगलबार र चौधरीले बुधबार जाहेरी दिएका हुन् ।

सानेपा हत्याकाण्डमा मुना कार्कीको हत्या गरी कामदार विजय चौधरीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । सीसीटीभी फुटेजबाट हत्या र आत्महत्या देखिएपनि घटनाको कारणबारे प्रहरीले कुनै जानकारी दिएको छैन । ललितपुर प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्ट र फोरेन्सिक रिपोर्टपछि मात्र घटनाको कारणबारे अनुसन्धानले गति लिई निष्कर्षमा पुग्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्