Logo

‘लव आजकल’मा कैची



मुम्बई, फागुन १ । सारा अली खान र कार्तिक आर्यन स्टारर ‘लव आजकल’ आगामी शुक्रबार रिलिज हुँदैछ। भारतको सेन्सर बोर्डले फिल्मलाई यू÷ए सर्टिफिकेट दिँदै धेरैजसो अन्तरंग दृश्यमा कैंची चलाएको छ। समाचारअनुसार बोर्डले फिल्मको सुरुआती चुम्बनको दृश्य कम गरेको छ।

बोर्डले यो फिल्मको मध्यान्तरमा नायकले कपडा फुकाल्दै गरेको दृश्य पनि हटाउन आदेश दिएको छ। साथै, फिल्मको अडियोमा पनि सेन्सर गरिएको छ। एउटा ‘सेक्सुअल्ली एब्युसिभ’ शब्दलाई कम आपत्तिजनक शब्दमा परिवर्तन गर्न भनिएको छ। ‘हरामजादों’ शब्दको सट्टा ‘साले बेसर्मों’ मा प्रयोग गर्न भनेको छ।

इम्तियाज अलीको निर्देशनमा बनेको फिल्म दुई घण्टा २१ मिनेट लामो छ। कार्तिक र साराबाहेक यसमा रणदीप हुड्डा र आरुषी शर्मा पनि मुख्य भूमिकामा छन्।

सारा अली खान र कार्तिक आर्यन ‘लव आजकल’ फिल्मको प्रमोसनमा व्यस्त छन्। फिल्म प्रमोसनकै क्रममा उनीहरूका फोटा र भिडियोले सामाजिक सञ्जालमा ठाउँ पाइरहेका छन्।एजेन्सी



प्रतिक्रिया दिनुहोस्