Logo

दुई वर्षमा उपलब्धि नै उपलब्धि



काठमाडौँ, २ फागुन । सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार दुई वर्षमा जमिनमुनिदेखि जमिनमाथिसम्मै उपलब्धि हासिल गर्न सफल भएको दाबी गरेका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा बिहीबार उनले सरकारले गरेका कामको सूचीसमेत पेस गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रबार सरकारको उपलब्धिबारे संसद्‌मा सम्बोधन गर्ने कार्यक्रम छ ।

सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार दुई वर्षमा जमिनमुनिदेखि जमिनमाथिसम्मै उपलब्धि हासिल गर्न सफल भएको दाबी गरेका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा बिहीबार उनले सरकारले गरेका कामको सूचीसमेत पेस गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रबार सरकारको उपलब्धिबारे संसद्मा सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्री बाँस्कोटाले दुई वर्षमा सरकारले विधिको शासन, भ्रष्टाचार नियन्त्रण, लगानीमैत्री वातावरण, कूटनीतिक सम्बन्ध, शान्ति सुरक्षा, विकासका पूर्वाधार, आर्थिक वृद्धिदरलगायतका क्षेत्रमा उपलब्धि हासिल गरेको बताए । उनले विधिको शासन बलियो भएको दाबी गरे । ‘विधिको शासनको सूचकमा नेपाल दुई स्थान माथि पुगेको छ । वर्ल्ड जस्टिस प्रोजेक्ट भन्ने संस्थाले यो निष्कर्ष निकालेको हो । प्रधानमन्त्रीज्यूले मेरो हितमा जारी गरिदेउ भन्नुभएको होइन,’ उनले भने ।

मन्त्री बाँस्कोटाले भ्रष्टाचारसम्बन्धी सूचकमा पनि ११ स्थान माथि उक्लिएर नेपाल ११३ औं स्थानमा आइपुगेको उल्लेख गर्दै भने, ‘भ्रष्टाचार पनि घट्यो । सुशासनतर्फ पनि गयो होला । सुखी नेपाली, समृद्ध नेपालको कार्यक्रमले नतिजा देखाउन थालेको छ ।’ उनले नेपाल खुसीको सूचकमा पनि तीन स्थान माथि उक्लिएको सुनाए । ‘लगानीको वातावरण बनेको छ । डुइङ बिजनेसको सूचकमा हामी १६ स्थान उक्लिएर ९४ औं स्थानमा पुगेका छौं,’ उनले भने, ‘जनताको जीवनस्तर पनि हामीले सोचे जति होइन, तर सूचकमा दुई स्थान माथि उक्लिएर १४९ औं स्थानबाट १४७ औं स्थानमा पुगेको छ ।’ उनले नेपालको उपलब्धि यूएनडीपीकै रिपोर्टले पनि बताउने बताए । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्