काठमाडौं, २ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । क्यान्सर रोगबाट पीडित उपाध्यायको भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले उपाध्यायको निधन भएको जानकारी दिए । उपाध्याय रूपन्देहीका स्थायी बासिन्दा थिए । उनले यसअघि रूपन्देहीमा क्षेत्रीय सभापति रहेर काम गरिसकेका छन् ।