काठमाडौं, २ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्धारा गठित एमसीसीसम्बन्धी कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित् नेकपाको संसदीय दलको कार्यालयमा उक्त कार्यदलको बैठक सुरु भएको छ । हिजोमात्रै कार्यदलले थप दश दिनको समय पाएको थियो । यसअघि पाएको दश दिनको समयमा खासै ठोस उपलब्धि हाँसिल भएको थिएन् ।
एमसीसी कार्यदलका संयोजक झलनाथ खनालका अनुसार आजबाट मस्यौदा तयार पार्ने बारे छलफल हुनेछ । उक्त कार्यदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम बहादुर रावल सदस्य छन् । नेकपाले गत माघमा काठमाडौंको राष्ट्रियसभा गृहमा सम्पन्न भएको पार्टीको केन्द्रीय कमिटी बैठकले कार्यदल गठन गरेको थियो । file photo