राजकुमारी कुन्ती एक्लै भएको बेलामा ऋषि दुर्वासा दरबारमा आइपुगे । उनको सेवा सत्कार गर्न कुन्तीका पिता माता कोही थिएनन् । डरलाग्दा ऋषिको सेवा सत्कारमा कुन्ती तल्लिन भइन् । रिसाहा दुर्वासा कुन्तीबाट औधी प्रसन्न भएर मन्त्र दिए । कुन्तीले मन्त्रोचारण गरेर जसलाई पनि बोलाउन सक्थिन् ।
ऋषि दुर्वासाको मन्त्र प्रयोगमा ल्याउन कुन्तीमा कौतुहलता जाग्यो । उमेर परिपक्व नभएकी कुन्तीले विहान उठ्दा सूर्य देखिन् । उनको मनमा सूर्य भगवानलाई बोलाउँ जस्तो लाग्यो ।
मन्त्रोचारण गरेपछि सूर्य आइपुगे । सामुन्ने सूर्य भगवान देखेपछि प्रणाम गरिन् । सूर्य कुन्तीको रुप देखेर मन्त्रमुग्ध भए ।
सोधे-मलाई किन सम्झेकी ?
कुन्तीले भनिन्- मन्त्रको परीक्षण गर्न मात्र सम्झेको ।
सूर्यदेवको मनमा सम्भोगको इच्छा जागिसकेको थियो । कुन्तीको सौन्दर्य देखेर सूर्यमा वासनाको भाव जागिसकेको थियो । सूर्यले आगमन व्यर्थ हुननहुने भन्दै सम्भोगको प्रस्ताव राखे । कुन्ती भयभित भइन् ।
आफू कुमारी भएकाले लोकलाज हुनसक्ने र प्रतिष्ठा गुम्ने बताइन् ।
सूर्यदेवले आजीवन कन्या रहने र सन्तानका बारेमा पनि कसैलाई पत्तो नहुने वरदान दिए । सूर्यदेवले कुन्तीसँग सम्भोग गरेर बिदा भए ।अविवाहित कुन्तीले कर्णलाई जन्म दिइन् । राजकुमारी अविवाहित हुँदै कर्णलाई जन्म दिएपछि आपत्मा परिन् । जन्मदै सूर्यदेवको जस्तै उज्यालो अनुहार लिएको जन्मिएको कर्णप्रति उनमा अपार माया थियो । तर उनले प्रतिष्ठाका लागि कर्णलाई नदीमा बगाइदिइन् । प्रतिष्ठाका नाममा एक नारीले जन्मेको बालकलाई बगाइदिनुपरेको थियो । यो घटनाले कुन्तीलाई जीवनभर पिरल्यो ।