Logo

एमसीसी कार्यदल ओली–प्रचण्डको पछि लाग्दैन : खनाल



फागुन २, काठमाण्डौ । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता तथा एमसीसी कार्यदलका संयोजक झलनाथ खनालले एमसीसीबारे कार्यदलले निकालेको निष्कर्ष नै अन्तिम निष्कर्ष हुने दावी गरेका छन् ।



प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै खनालले कार्यदलमाथि कसैको पनि हस्तक्षेप स्वीकार्य नहुने बताएका हुन् । केही दिन अघि प्रधानमन्त्री केपी ओलीले कार्यदल बनाएर तमासा गरेको भन्ने अभिव्यक्ति दिएका थिए । खनालले भने ओलीको अभिव्यक्तिप्रति आक्रोष व्यक्त गर्दै कार्यदलले अध्ययनबाट निकालेको निष्कर्ष नै अन्तिम हुने बताए ।

ओली वा अर्का अध्यक्ष पुष्पकमल दाहालले जे भने त्यो भनाई व्यक्तिगत हुने खनालले बताए । “हामीले जे अध्ययन गरेका छौँ त्यही प्रतिवेदनमा समेट्छौ । कार्यान्वयन गर्नुको विकल्प छैन ।” खनालले भने ।

नेता खनालले ओली नेतृत्वको सरकार दुई वर्षमा सफल हुन नसकेको आरोप पनि लगाएका छन् । “सरकार सफल हुन सकेन, जनताको मन जित्न सकेन, सुशासनमा चुक्यो । भ्रष्टाचार नियन्त्रण हुन सकेन ।” उनले भने ।

ललिता निवास प्रकरणमा अख्तियारले पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि पनि छानविन गर्नुपर्ने आशय खनालले व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot