Logo

सलमान खानलाई भेट्न ६ सय किलोमिटर साइकलको यात्रा



काठमाडौं, फागुन ३ । बलिउडमा चर्चामा रहेका प्राय कलाकारका लाखौं प्रसंसक छन् । लाखौं प्रसंसक बनाउन सफल तिनै कलाकार सार्वजनिक रुपमा कार्यक्रममै देखिने भएपछि उनका प्रसंसक आफ्ना अभिनेतालाई भेट्न के सम्म गर्देनन् भन्ने उदाहरण हालै भारतमा घटेको छ ।

बलिउड सबै हस्तीहरुलाई एउटै छानामुनी भेट्न एकजना प्रसंसकले ६ सय किलोमिटरको यात्रा गरेका छन्, त्योपनि साइकलमा । भारतको गुहाहिटीमा हुन लागेको आगामी फिल्म फेयरमा उनले सलमान खान पनि आउने जानकारी पाए लगत्तै यात्रा सुरु गरेको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।

सलमान खानलाई भेट्न चाहाने प्रसंसकको नाम भूपेन लिक्सन हो । उमेरले ५२ वर्ष टेकेका उनको सलमान प्रतिको क्रेजलाई उमेर र ताकतले रोक्न सकेन । भोपालको तिनसुकिया जिल्लाबाट ८ फेब्रुअरीबाट यात्रा सुरु गरेको उनी लगातार ६ दिनको यात्रा गरेरे गुवाहिटी पुगेका छन् ।६ सय किलोमिटर साइकल चलाएर उनलाई भेट्न गुवाहाटी पुगेका छन् ।

उनले आफूसँग सलमानको एउटा तस्बिर पनि बोकेका छन् ।त्यसो त उनी साइकलमा किर्तीमान नै बनाउने खालका प्रसंसक पनि हुन् । उनले सन् २०१३ मा साइकलको ह्यान्डल नसमातिकनै एक घण्टामा ४८ किलोमिटरको यात्रा गरेका थिए । उनको यो रेकर्ड इन्डिया बुक अफ रेकर्डमा दर्ता छ । सलमान खानलाई पनि साइक्लिङ निकै मन पर्ने भएका कारण आफ्नो साइकल र सलमान प्रति लगाव रहेको प्रतिक्रिया उनले दिने गरेको समाचारमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot