काठमाडौं, फागुन ३। संविधान कार्यान्वयन एवं विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षासाथ केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । सरकार आरम्भ वर्षका रूपमा सुशासन र विकासलाई तीव्रता दिँदै समृद्धिमा अग्रसर भएको छ ।
संविधानले निर्दिष्ट गरेका कानुन निर्माण, राष्ट्रिय गौरवका आयोजनाको थालनीसहित सरकारले पहिलो वर्षलाई विकास र समृद्धिको आधार वर्षका रूपमा अगाडि बढाएको थियो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षासहित दोस्रो वर्षमा पूर्वाधार निर्माणमा तीव्रता, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, भ्रष्टाचार नियन्त्रणमा सफलता, शान्तिसुरक्षामा सुधार जस्ता महŒवपूर्ण उपलब्धि हात पारेको निष्कर्ष सरकारको छ । जलविद्युत्, सिँचाइ, सुरुङमार्ग, रेलमार्ग, जलमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, पाइप लाइन, सडकमार्ग, सूचना र प्रविधिको क्षेत्रमा देशभर फोरजी र ब्रोडब्यान्ड सेवा विस्तार, मौलिक हकको कार्यान्वयनलगायत पूर्वाधार विकासमा गौरवपूर्ण योजनाको थालनी भएको छ ।
प्रधानमन्त्री ओलीको शब्दमा भन्ने हो भने “मूर्छित सपनाहरू बौरिएका छन् । नेपाल सुरुङमार्गको युगमा प्रवेश गरेको आजको गोरखापत्र दैनिकले समाचार छापेको छ ।