Logo

प्रधानमन्त्रीको जवाफ : हामी भारतसँग भू-भाग नै फिर्ता ल्याउने तयारीमा छौं, नक्शा त तुरुन्त छापिन्छ (भिडियोसहित)



काठमाडौं, ३ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग नेपाली भूभाग फिर्ता ल्याउनेगरि वार्ता भैरहेको स्पष्ट पारेका छन् । शनिबार प्रतिनिधिसभामा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘नेपालको भूभाग हामी छोड्दैनौं । अहिले खासगरी उठेको प्रश्न काली नदीको मुहान, लिम्पियाधुरा, लिपुलेक र कालापानीको बारेमा छ, हामी तथ्य र प्रमाणका आधारले अघि बढ्छौं । यी भूभाग नेपालका हुन् । हामी यी भूभाग फिर्ता लिन कुटनीतिक वार्ता गछौं ।वार्ताको माध्यमबाट यस समस्याको समाधान गर्नेछ ।’

उनले अघि भने,‘अहिलेको सरकार सार्वभौम समानताका आधारमा वार्ता गर्ने प्रश्नमा, राष्ट्रियताको सवालमा, स्वाधिनता, भौगोलिक अखण्डता र राष्टिय हितमा कुनै अनुचित सम्झौता गर्दैन् । स्पष्ट रहन आग्रह गर्न चाहन्छु । हामी भूभाग नै फिर्ता ल्याउने तयारीमा छौं । नक्शा त तुरुन्तै छापिन्छ । सिमा चौकीको सम्बन्धमा सशस्त्र प्रहरीको बिओके स्थापना गर्ने हो ।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले कालापानीको सीमा विवादबारे भारतसँग प्रधानमन्त्री स्तरिय वार्ता कहिले शुरू हुन्छ भनेर प्रश्न गरेका थिए । सांसद बडूले प्रश्न गरे,आफ्नो सम्बोधनका क्रममा सीमा विवादबारे एक लाइन बोल्नुभएको छ । सीमा विवादबारे प्रधानमन्त्री स्तरीय वार्ता कहिले शुरू हुन्छ रु लिम्पियाधुरा समेटिएको नेपालको नक्सा कहिले जारी हुन्छ ? तिंकर सडक कहिले पूरा हुन्छ ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot