काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १४ वर्षीया बालिका निर्मला पन्तका हत्यारा अब उम्किन असम्भव भएको उद्घोष गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले यसअघि निर्मला हत्या प्रकरणका दोषीलाई जोगाउन र पक्राउ परिसकेका व्यक्तिलाई छुटाउन र घटना बिथोल्न अनेकौँ प्रयास भएको उल्लेख गर्दै अब निर्मला हत्याका दोषी नउम्कने जिकिर गरे। उनले अघि भने,‘निर्मला हत्याकाण्डका दोषी अब उम्कन सम्भव छैन, दोषीले अब कानुनको कठघरामा उभिनै पर्नेछ ।’