Logo

बलात्कार अभियोगका पक्राउ परेका एसएसपी राणा यसकारण मुद्दा नचली छुटे



काठमाडौं। ३ फागुन । एक महिलामाथि बलात्कारको आरोप लागेका नेपाल प्रहरीका एसएसपी शौरभ राणा मुद्दा नचली छुटेका छन् । जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उनलाई जमानीमा शुक्रबार छाड्ने निर्णय गरेको हो ।

उनीविरुद्ध मुद्दा चल्ने प्रमाण नभएको भन्दै छाड्ने निर्णय भएको हो । युवतीले इटहरीको एक होटलमा आफुमाथि बलात्कार भएको बताएकी थिइन् । तर, त्यो दिन एसएसपी राणा सुनसरीमै नभएको खुलेपछि मुद्दा चलाउन नमिलेको हो । राणा पक्राउ परेपछि पीडित भनिएकी युवतीले नै आफुले आवेगमा जाहेरी दिएको बताएकी थिइन् । उनीहरुबीच लेनदेन विवाद रहेको र राणाले पैसा नदिएपछि उनले यस्तो जाहेरी दिएकी थिइन् । इटहरीमा होटल चलाउने ती महिलासँग एसएसपी राणाको १० वर्ष पहिलेदेखि नै चिनजान रहेको खुलेको छ ।

छुटेसँगै उनको निलम्बन फुकुवा गर्न लागिएको छ । तर, एक महिला प्रहरीमाथि यौन शोषणको घटनामा पनि उनीमाथि छानबिन गर्न लागिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot