काठमाडौं, फागुन ४ । तीन साताको दबाबपछि सरकारले चीनको हुपेई प्रान्तबाट नेपालीको उद्धार गरेको छ। कोरोना भाइरस ९कोभिड–१९० को उद्गमस्थल हुपईको वुहानसहित ६ सहरमा रहेका १७५ नेपाली शनिबार राति सबा १० बजे नेपाल वायुसेवा निगमको चार्टर्ड विमानबाट काठमाडौं उडेको हो । उक्त विमान आइतबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएको छ।
यसअघि १८५ नेपालीले स्वदेश फर्कन बेइजिङस्थित नेपाली दूतावासमा आवेदन दिएका थिए। तीमध्ये शरीरमा तापक्रम उच्च देखिएपछि ६ जनालाई उतै राखिएको छ। उनीहरूको रगत परीक्षणको रिपोर्ट आएपछि उपचार प्रक्रिया अघि बढाइनेछ। आवेदन दिएका चारजना भने नेपाल नफर्कने भनेर उतै बसेका छन्।
वुहानको विमानस्थलबाट १७५ जना नेपाली निगमको जहाजमा काठमाडौंतर्फ उडेको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले अन्नपूर्णलाई टेलिफोनमा बताए। कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुपई प्रान्तको उहानसहित चिङचौ, चिङमन, अनसी, सयान र यिछाङ सहरका विभिन्न विश्वविद्यालयमा अध्ययनरत, भ्रमणका लागि पुगेका दुई र एक कामदारसहित १ सय ८५ जनाले फर्कन आवेदन दिएका थिए।अन्नपूर्ण पोस्ट्बाट