Logo

अवैध नदी दोहन रोक्न थालनी



रौतहट, फागुन ४ । रौतहटमा जथाभावी भइरहेको अवैध नदी दोहन रोक्न थालनी भएको छ। जिल्लाका विभिन्न नदीबाट खोलाजन्य वस्तुको निकासी तथा अवैध रूपमा सञ्चालित क्रसर उद्योगमाथि सम्बद्ध पक्षले कडा निगरानी थालेको हो।

रौतहटख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला समन्वय समितिप्रमुख रामएकबाल राय यादव, उपप्रमुख रामाशिष राय यादव, नेपाल प्रहरीका रौतहट प्रमुख रविराज खड्का, सशस्त्र प्रहरी रौतहट प्रमुख रोविनराज कर्णजितसहितको सुरक्षा पदाधिकारी तथा अनुगमन समितिले जिल्लाका खोलाजन्य पदार्थको उत्खनन, निकासी तथा क्रसिङ हुने प्रमुख स्थानको स्थलगत अनुगमन गरेको छ।

जिल्ला अनुगमन समितिका पदाधिकारीद्वारा जिल्लास्थित विभिन्न नदीबाट नदीजन्य वस्तुको निकासी र सञ्चालनमा रहेका क्रसर उद्योगको वैद्यताबारे पनि अनुगमन निरीक्षण सुरु गरेको छ। अनुगमन समितिका पदाधिकारीले विनाअनुमतिका आधारमा सञ्चालित तीनवटा क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्