
काठमाडौं, फागुन ४ । सडक यातायात नजोडिएको हुम्लामा प्याजको मूल्य प्रतिकिलो ३०० रुपैयाँ पर्ने गरेको छ । हिउँदमा जिल्लामा प्याज उत्पादन नहुने र नेपालगन्ज तथा सुर्खेतबाट महँगो हवाइ ढुवानी भएर आउने भएपछि प्याजको मूल्य आकाशिएको हो ।
सीमकोट बजारमा प्याज प्रतिकिलो तीन सय रुपैयाँ तिरेर उपभोग गर्नु परिरहेको सीमकोट बजारकी गृहिणी मधु बस्नेतले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।