Logo

स्वार्थले निर्माण कार्यमा अन्यौल



सिन्धुली, फागुन ४ ।  राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माणाधीन मदन भण्डारी राजमार्गको हेटौंडा–सिन्धुली–चतरा खण्डको नक्सा परिवर्तन प्रयासले सिन्धुली सरमुकाममा निर्माण कार्यमै अन्योल उत्पन्न भएको छ।

सिन्धुली सदरमुकाम कमलामाई नगरपालिका–६ को धुराबजार हुँदै मिलनचोक, साङ्वाले, खट्टार जोड्ने गरी राजमार्गको नक्सांकन र विस्तृत परियोजना प्रतिवेदन९डिपिआर० तयार भई ठेक्का लागेको छ। तर यहाँका राजनीतिक दलहरुको दबाबमा नक्सा परिवर्तन गर्ने प्रयास थालिएपछि निर्माणमा अन्योल सिर्जना भएको हो। डिपिआर अनुसार सडक बनाउँदा धुराबजार क्षेत्रका केही घर भत्किने भन्दै रुट परिवर्तन गर्न यहाँका केही राजनीतिज्ञ र जनप्रतिनिधिले आयोजनालाई दबाब दिएका छन्।

कमलामाई नगरपालिका जनप्रतिनिधिसहित प्रदेश र संघीय सांसदले धुरा क्षेत्रबाट सडक निर्माण गर्दा केही घरमा क्षति हुने भन्दै नक्सा परिवर्तन गर्न पहल थालेपछि विवाद उत्पन्न भएको छ। जनप्रतिनिधिले बिपी राजमार्गको तत्कालीन हाज्माको २ नम्बर गेटहुँदै कुमाल फाँट९आदर्श टोल० साङ्वाले हुँदै खट्टार जोड्ने गरी सडक निर्माण गर्न पहल गरेका छन्। त्यस क्षेत्रका स्थानीयले क्षतिपूर्ति नपाए आफ्नो खेतीयोग्य जग्गा मास्न नदिने बताएका छन्। अहिलेकै डिपिआर अनुसार दायाँबायाँ सडक बढाउँदा पुग्ने र आफूहरुको खेतीयोग्य जग्गाबाट लैजान नदिने स्थानीयको भनाइ रहेको आजको नागरिक दैनिकमा खवरछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot