Logo

सुनको मूल्यमा वृद्धि



काठमाडौँ ४ फागुन : सुनको मूल्यमा वृद्धि भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको जनाइएको छ ।

त्यसैगरी चाँदीको मूल्य ८८५ रुपैयाँमा कायम रहेको छ। चीनमा फैलिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्